Logo

समाचार

एभिन्युज टेलिभिजनको व्युरो कार्यालय तोडफोड



उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएको भिडियो भारइरल भएपछि टेलिभिजनको व्युरो कार्यालय तोडफोड भएको छ ।

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित ब्यूूरो कार्यालयमा तोडफोड भएको हो ।
सोमबार दिउँसो कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएको बताइएको छ । तोडफोडबाट कार्यालयको सिसा फुटेको क्यामेरा पर्सन हरिशंकर शर्माले जानकारी दिए।मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेका थिए। एभिन्यूज टेलिभिजनका कर्मचारीहरुले आक्रमणकारी समाजवादी पार्टीका कार्यकर्ता भएको हुन सक्ने आशंका गरेका छन्।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए।
सामाजिक सञ्जालमा सो भिडिओ भाइरल भएको छ। त्यसैको बदलामा वीरगञ्जस्थित टेलिभिजनको कार्यालयमा तोडफोड भएको टेलिभिजनका कर्मचारीको दाबी छ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०९:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।