Logo

समाचार

नेसनल युथ लिड अवार्ड २०१९ मा रामचन्द्र गौतम सम्मानित



पछिल्लो समयमा दिनानुदिन चर्चित बन्दै गएका अधिवक्ता रामचन्द्र (आरसी) गौतम नेसलन युथ लिड अवार्ड २०१९ बाट सम्मानित भएका छन् ।

ग्लोबल लिड नेटवर्कले राष्ट्रिय युवा परिषद्सँग गरेको सहकार्यमा गौतमसहित देशभरिका विभिन्न क्षेत्रका २६ जना सम्मानित भएका हुन् ।

 

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका युवालाई नेटवर्कले सम्मान गर्ने गरेको जनाएको छ । त्यस्तै कानुनी क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गरेकोमा नेसलन युथ लिड अवार्ड २०१९ मा अधिवक्ता गौतम सम्मानित बन्न सफल भएका छन् ।

कानुनको अध्ययन, अनुसन्धान, अध्यापन तथा बहस, पैरबीमा उल्लेख्य काम गरेको भन्दै कानुनी क्षेत्रबाट सम्मानित हुने अधिवक्ता गौतम मात्र हुन् । अधिवक्ता गौतमलाई कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै सम्मानित गरेको ग्लोबल लिड नेटवर्कले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।