Logo

समाचार

बलात्कार गरेको आरोपमा जनप्रतिनिधि पक्राउ



ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
युवतीलाई बलात्कार गरेर गत चैत ७ गतेदेखि फरार वडा सदस्य श्रेष्ठलाई हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
वडा सदस्य श्रेष्ठले नर्मदेश्वरमा सञ्चालन गरेको इँटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएपछि उनी फरार हुँदै आएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।