Logo

समाचार

केपी ओलीलाई कडा चुनौति, सरकार ढाल्न सक्ने



एक हजार र पाँच सय दरका प्रतिबन्धित भारतिय रुपैयाँ सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।काठमाडौंको नयाँ बजार स्थित होटल मेट्रो ईनबाट करिब १५ लाख ९० हजार ५ सय भारतिय रुपैयाँ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका ३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका ५ का ४० वर्षीय सन्तोष थापा, बाग्लुङ बडिगाड गाउँपालिका ५ का ३२ वर्षीय नबिन थापा तथा काभ्रेपलान्चोक तेमाल गाउँपालिका ६ का ३६ वर्षीय राजेन्द्र तामाङ र काठमाडौं नयाँबजार बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका ६ का ३७ वर्षीय धनध्वज तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भारतमा समेत कारोवार गर्न प्रतिबन्ध लगाइएको भारतीय १ हजार र ५ सय दरको नोटहरु साथमा बोकी सर्वसाधारण मानिसहरुलाई बिभिन्न प्रलोभन देखाई ठगी गर्न लागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ सो परिसरबाट खटिएको प्रहरी टोलीले होटलको कोठा नम्बर६०६ मा उनीहरुलाई उक्त नोट सहित फेला पारेको उक्त परिसरले जनाएको छ ।

प्रधानमन्त्रीलाई चुनौती

प्रहरीले यसरी भारतिय प्रतिबन्धित नोट सहित पक्राउ गरेपछि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली नोट नियन्त्रण गर्नका लागि चुनौति थपिएको छ ।

नक्कली नोटको विगविगी तथा भष्ट्राचार बढेपछि प्रधानमन्त्री मोदीले एक हजार र पाँच सय रुपैयाँका नोटहरुलाई बन्द गरि २ हजारका नोटहरु बजारमा ल्याएका थिए । तर उनले प्रतिबन्ध लगाएका नोटहरु यसरी छ्याप छ्याप्ती पाइनुलाई मोदीको असफलताका रुपमा हेरिएको छ ।

नेपालबाट मोदी असन्तुष्ट

नेपालमा प्रतिबन्धित नोटहरु भेटिन थालेपछि ओली सरकारबाट मोदी असन्तुष्ट रहेको पाइएको छ । नेपालमा नक्कली नोट भेटिएपछि मोदीले सरकार ढाल्न सक्ने सम्मका कदमहरु चाल्न सक्ने जानकारहरु बताउँछन ।प्रतिबन्धित भारतिय रुपैयाँ सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०९:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।