Logo

स्वास्थ्य

२४ घण्टामा ५३४ संक्रमित थपिए, ४४७ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार जनाको कोरोना परीक्षण भएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३५९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २२५ , ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका हुन ।

 

 

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।