बिहीबार नेपाल प्रहरीले गोङ्गबुको नयाँ बसपार्क क्षेत्रमा अनैतिक त्रियाकलाप गर्ने २८ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक क्रियालाप गर्ने २८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीहरुको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए ।
पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो समय नेपाल प्रहरीले अनैतिक क्रियाकलाप हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ ।गत हप्तामात्र प्रहरीले सादा पोशाकमा प्रहरीलाई खटाएर अनैतिक क्रियाकलापमा संलग्न १२५ लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
श्रीमान नभएको बेला श्रीमतिले अर्कै पुरुषसँग राजलिला मच्चाएपछि…
भारतको नयाँ दिल्लिको श्रीमान घर बाहिर गएपछि ती महिलाले अर्को पुरुष बोलाएकी थिइन् । तर केही समयमै ती महिलाका श्रीमान् घर फर्किँदा उनले आफ्नी श्रीमती अर्कै पुरुषसँग राजलीला मच्चाइरहेको अवस्थामा रंगेहात भेटेका थिए । त्यो पनि कोठाभित्रबाट चुकुल नलगाएको अवस्थामा । श्रीमानले परपुरुषसँग भेटेपछि ती महिलाले आत्महत्याको प्रयास गर्न खोजेपनि दुबै पुरुषले उनलाई मर्न भने दिएनन् ।
त्यसपछि महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका ती व्यक्ति कोठाबाट हतार हतार भाग्ने क्रममा भवनको पाचौं तलाबाट हाम फालेका थिए । हाम फालेपछि स्थानीय र प्रहरीले उनलाई अस्पताल पुर्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीले तीनै जनाको मोबाइल फोन जफत गरेर अनुसन्धान जारी राखेको जनाइएको छ ।


















प्रतिक्रिया