कोभिड संक्रमण देखिएपछि भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत निरञ्जन कोइराला मृत्यु भएको छ । आज बिहान ११ बजे उनको निधन भएको हो । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाका दाई हुन् ।
।
उनको निधनले सिङ्गो पार्टी र प्रजातान्त्रिक आन्दोलनलाई अपुरणिय क्षति पुर्याएको नेपाली कांग्रेसले जनाएको छ । पार्टीका विभिन्न नेता तथा कार्यकर्ताले सामजिक सञ्जाल मार्फत मृतक कोइराला प्रति समबेदना प्रकट गरेका छन् ।
स्वर्गीय निरन्जन कोइरालाले निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्बाह गरेका थिए । स्वर्गीय कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी समेत हुन् ।




















प्रतिक्रिया