Logo

कोशी प्रदेश

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज आउदै



प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ ।

विराटनगरस्थित अस्थायी मुकाममा दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट नीति कार्यक्रम पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको प्रथम आवधिक योजना २०७६र२०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको जनाएको छ । नीति तथा कार्यक्रमअघि प्रदेश सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने तयारी प्रदेश सरकारको छ ।

मुख्य मन्त्री शेरधन राईले मझौला आकारका योजना प्रदेश सरकारले सञ्चालन गर्ने अनि साना प्रकृतिका योजनाका लागि स्थानीय तहलाई सघाइने बताउँदै आएका छन् । ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०४:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।