भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीबाट प्रसारण हुने शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् ।
यस्तै अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् । फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले निकै मन पराएका थिए ।
उनको घर सुनसरीको इटहरी हो । ६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।





















प्रतिक्रिया