Logo

गण्डकी प्रदेश

गण्डकी विकास बैंकद्धारा शैक्षिक सामग्री वितरण



गण्डकी विकास बैंक लि.कावासोती शाखाले हालै नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १६ डण्डा स्थित दिपेन्द्र आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी शैक्षिक सामग्री वितरण गरेको छ।

सो अवसरमा २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरिएको जनाइएको छ।

सो कार्यक्रममा संस्थाका सहायक प्रधानाध्यापक नलराज भूतेर्लले संस्थामा हाल जम्मा दुई सय ५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र ती मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको जानकारी दिए। यसैगरी २७ जना वेसहारा रहेको जानकारी दिदै उक्त सहयोगको लागी गण्डकी विकास बैंक परिवारलाई धन्यवाद दिए।

उक्त सहयोग वितरण बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले गरेका थिए। बैंकका तर्फबाट सवक्लष्टर प्रमुख सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्यायले सो सहयोग वितरण गदै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए।

साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सुनाए।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ०७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।