चितवन स्थित कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण सुरु भएको छ।
करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो।
गत सोमबार प्रा.डा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर ६ निवासी ५४ बर्षीय विष्णु गोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो ।उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजन बीर जोशीले मिर्गौला दिएका हुन्।
७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुशी छौँ,’ डा. बर्माले भने। उनले अब दोस्रो केश पनि छिटै गर्ने बताए ।
प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा. प्रविण जोशी, डा. सुदीपराज केसी, डा. भुषण तिमल्सेना, डा.माधव घिमिरे, डा. वीरेन्द्र यादव लगायतको टोली खटिएको डा. बर्माले बताए ।
प्रत्यारोपण केन्द्रका डा. बर्मा अब भरतपुरमा सोमबारको प्रत्यारोपण पछि उत्साहित भएका डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने दावी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेज बाट सेवामा निरन्तरता दिने बताए। ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरुभएको हो,’ डाबर्माले भने ।
यस अघि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए।उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए।
हाम्रो टोली देशभर फिजिदैछ डा. पुकारचन्द्र श्रेष्ठ यता प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उपत्यका बाहिर प्रत्यारोपण शुरु हुनु राम्रो कुरा भएको बताए ।
उनले आफ्नो अस्पतालको टोली गएर पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुशी व्यक्त गरे ।
‘पुरानो मेडिकल कलेजमा अस्ति भएको प्रत्यारोपणमा डा.बर्मा सहित अधिकांश डाक्टर हामी कहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामी कहाँ ट्रेन्ड भएका डाक्टरहरु जानुभएको छ। त्यसैले प्रत्यारोपण केन्द्रमा काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथा लिने कुरा पनिभएन,’ डा. श्रेष्ठले भने।
उनले प्रत्यारोपण केन्द्र अहिले एकेडेमी जस्तो भएको समेत बताए। ‘हामी संग सिकेका धेरैले अन्यत्र गएर सेवा दिनु भएको छ । त्यसैले यो एकेडेमी जस्तो भएको छ,’ उनलेभने।




















प्रतिक्रिया