Logo

प्रमुख समाचार

ज्योतिषमा फेल खाएपछि अर्जुन क्षेत्रीले अब कमाण्डलु बोक्ने !



केही समय अघिदेखि आफुलाई ज्योतिष बताउँदै आएका अर्जुन थापा क्षेत्री देशमा ठुलो भूकम्प आउँने भविश्यवाणी गरेर त्रास सिर्जना गरेपछि जेलको चिसो हावा खाएर शुक्रबार मात्रै छुटेका छन् । उनले ठोकुवा गरेर जेठ २९ गते भूकम्प जाने भविश्यवाणी गरेपछि जेलपरेका क्षेत्रीले जेलबाट छुटेपछि भने आफ्नो बोली फेरेका छन् ।

आफुले भूकम्प जाने भविश्यवाणी नगरेको तर मिडियाले गलत प्रचार गरेर आफुलाई बदनाम बनाउँन खोजेको आरोप लगाउँदै उम्कने दाउ उनले खोजिरहेका छन् तर उनले पहिला बोलेको भिडियो हेर्दा स्पष्ट रुपमा किटानी गरेरै भूकम्प जाने भविश्यवाणी गरेको भिडियो हेर्न सकिन्छ । आफ्नो घुमाउँरो बचाउ गर्दै उनले आफ्नो भविश्यवाणी मिलेको भन्न पनि भ्याएका छन् कैलालीमा गएको हावाहुरीसँग आफ्नो भविश्यवाणीको तुलना गर्दै उनले आफ्नो बचाउ गरेका छन् ।

पहिले देखिनै विभिन्न प्रोपोगाण्डा गर्दै लगातार विवादमा आएका क्षेत्रीले यस अघि पनि आफु फेस रिडर र नामुद ज्योतिष भन्दै विभिन्न अफवाह फैलाएका थिए । चर्चाका लागि अनेकौँ प्रोपोगाण्डा गर्न खप्पीस क्षेत्रीले एक पटक रिसको झोकमा आफुले पाएका सर्टिफिकेटहरु जलाएर समेत देखाएका थिए ।

उनलाई नजिकबाट चिन्ने उनका गाँउले दाई निरोज कुमार थापाले समय सिमा सहित किटेर अर्जुनका बारेमा बताए अनुसार क्षेत्रीले ज्योतिष पढेर पाएका भनिएका सर्टिफिकेटहरु नै नक्कली हुनकी भन्ने शंका उत्पन्न भएको छ । किनकी उनका गाउँले दाई निरोज कुमार थापाले जम्मा जम्मी ५ महिना आफुले नभेट्दा अर्जुन कसरी ज्योतिष भएर आयो ? भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

केहि दिन आफ्नै बोलीका कारण जेलको चिसो हावा खाएर फर्किएका ज्योतिष भनिने अर्जुन क्षेत्रीले जेलबाट छुटेपछि एउटा बैरागलाग्दो फेसबुक स्टाटस् पोष्ट गरेका छन् । जब उनले साधु सन्तहरुले बोल्ने जस्तो भाषामा स्टाटस लेखेका छन् । भविश्यवाणीका नाममा अफवाह फैलाएपछि व्यापक आलोचनाको सिकार भएका उनले आफ्ना आलोचकहरु तर्फ संकेत गर्दै फेसबुकमा लेखेका छन् म एक आनन्द स्वरुप आत्मा हुँ दुनियाँको हल्लाखल्लाबाट निकै टाढा छु ।

यस्तो विरक्त लाग्दो स्टाटस लेखेका क्षेत्रीलाई विस्तारै आफ्नो कर्मबाट बैराग लागेको बुझ्न सकिन्छ । क्षेत्रीले समाजिक संजालमा त्यस्तो स्टाटस लेखेपछि एक समाजिकसंञ्जाल प्रयोगकर्ताले उक्त स्टाटस सेयर गर्दै लेखेका छन् ज्योतिषमा फेल खाएपछि अर्जुन क्षेत्री जोगी बन्न लागेकी कसो, कि कमाण्डलु नै बोक्न थाले ?

यस अघि ज्योतिषका नाममा यस्तै अफवाह फैलाउँदै हिँडेपछि ज्योतिषहरुको सँगठनले नै अर्जुनका कारण यो क्षेत्र नै बदनाम बनाएको भन्दै सामुहिक रुपमा माफी माग्न लगाएका थिए । सार्वजनिक रुपमानै आफ्नो बेइजत भएपछि क्षेत्रीले घर गएर फेसबुक लाइभ गर्दै आफ्ना सर्टिफिकेट जलाएका थिए ।

सो कुरा गरेपछि पनि नसुध्रिएका क्षेत्रीले लगातार विभिन्न प्रोपागाण्डा गर्दै मिडियाबाजी र अफवाह फैलाइरहेका थिए । चर्को आलोचना भएपछि मन बुझाउँन उनले भन्ने गरेका छन् – ‘सत्यको बाटो हिड्न कठिन हुन्छ यी सब यात्रामा लागेका ठेसमात्र हुन्।’ उपद्रो मच्चाउनमा खप्पीस अर्जुन जेल बाट छुटेका छन् अब उनको अर्को उपद्रो कहिले र कस्तो आउँने हो हेर्न बाँकी नै छ ।

जेलको चिसो हावा खाएर फर्किएका क्षेत्रीमा पुरानै ह्याङ बाकी !

नेपालमा जेठ १७ देखि जेठ २८ गते सम्ममा महाभूकम्प जाने भनेर ठोकुवा गरेर जनजीवनमा त्रास फैलाएको भन्दै प्रहरी खोरमा गएर शुक्रबार मात्रै छुटेका ज्योतिष भनिने अर्जुन क्षेत्रीले आफुले गरेको भविश्यवाणी सहि सावित भएको दावी गरेका छन्।

आफुले भुकम्प जान्छ भनेर नभनेको तर जेठ १७ देखि २८ गते सम्म प्राकृतिक विपत्ती जान सक्छ मात्र भनेको र त्यहि आधारमा आफुलाई प्रहरीले पक्राउ गरेको बताए । उनले आफुले भूकम्प जान्छ नभनेको तर मिडियाले हेडलाइन झुटो बनाएर आफुलाई बदनामीत बनाएको समेत आरोप लगाएका छन् ।

जेलबाट छुटे लगत्तै यथार्थ जानकारी दिन भन्दै फेसबुक लाइभमा आएका क्षेत्रीले आफुले भविश्यवाणी गरे अनुसार नै कैलालीमा विनाशकारी हावाहुरी चलेको समेत दावी गरेका छन् ।

आफुले त्रास फौलाउँन खोजेको नभइ आउँन सक्ने विपत्तीबाट बच्न अनुरोध गर्दा जेल पर्नु परेको भन्दै क्षेत्रीले दुखेसो समेत गरेका छन् । सत्यको बाटो हिड्दा ठेस लागेको रुपमा मात्रै आफुले जेल जानु परेको कुरालाई लिइएको क्षेत्रीको भनाई रहेको छ । आफुले सँधै सत्य मात्रै बोलेको बताउँदै उनले फेरि पनि पुुरानो धन्दा कायम राख्ने संकेत गरेका छन् ।

आफ्नो नाम जोडेर कतिपय मान्छेले चर्चाका लागि विभिन्न इन्टरभ्यू दिँदै हिँड्को तर उनिहरु कसैलाई पनि आफुले नचिन्ने दावी क्षेत्रीले गरेका छन् ।प्रविधिको प्रयोग गरेर आफ्नो अनुहार विगारेर विभिन्न प्रोपोगाण्डा गरिएको भन्दै उनले त्यस्ता मानिसलाई साइबरक्राइम लगाएर ठिक पार्ने पनि चेतावनी दिएका छन्।

जेलबाट छुटेपछि पहिलो पटक फेसबुक लाइभमा आएका क्षेत्रीले जेलबाट पनि आफुले ठुलो शिक्षा पाएको बताए । उनले भने मैले जीवनमा कहिल्यै नपाएको शिक्षा जेलबाट पनि पाएको छु म प्रहरी, अदालत र सरकारलाई धन्यवाद दिन चाहन्छु ।

यस्ता सानातिना कुराहरुबाट आफु विचलित नहुने भन्दै क्षेत्रीले सत्यको पथमा हिड्दा कहिलेकाँही काँडा बिझ्ने र बिझेका निकाल्ने समेत बताएका छन् । भूकम्प आएको थाहा पाउँने प्रहरी आएको थाहा नपाउँने कस्तो ज्योतिष हो ? भन्नेहरुका लागि पनि अर्जुन क्षेत्रीले जवाफ फर्काएका छन् , उनले आफुलाई प्रहरी आएर पक्राउ गर्ने कुरा पहिल्यै थाहा भएको पनि बताएका छन् । आफुले पहिले नै मैलै यस्तो भन्दा प्रहरीले मलाई पक्राउ गर्न सक्छ पक्राउ परे पनि सत्य कुरा भन्छु भन्ने अभिव्यक्ति दिएको स्मरण गराएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।