चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।
नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन् । नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ ।
अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट–वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ।बैशाख ५ मा अमेरिकाको भर्जिनिया, वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट–वान अन्तरीक्षमा पठाइएको थियो ।
१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह १ किलो ३३० ग्रामको छ । नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ ।
प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।
नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको पहिलो नानो भूउपग्रह अन्तरीक्षमा छोड्ने अवसरमा जापानमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् ।
नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ । जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ । दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ ।
अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ । यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ । अन्तरीक्षमा नेपालीस्याट-वानको आयु ६ महिनादेखि एक वर्षसम्म हुने अनुमान छ ।
यो देश संविधानले चलेको छ भने लोकसेवा आयोगको निर्णय फिर्ता होस्
राष्ट्रिय जनता पार्टीले यो देश संविधान अनुसार चलेको हो भने लोकसेवा आयोगले लिएको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा बैठक सुरु भए लगत्तै उठेर विरोध गरेका राजपाका सांसदहरुको तर्फबाट बोल्दै नेता लक्ष्मणलाल कर्णले यस्तो बताएका हुन् ।
कुनैपनि वाहानामा संविधानलाई कार्यान्वयन गर्ने हो भने एउटा समुदायलाई मात्रै काखी च्याप्ने नच्याप्न पनि उनले आग्रह गरेका छन् । राज्यको सम्पूर्ण अंग समानुपातिक समावेशी हुने भनेर संविधानले उल्लेख गरेको भएपनि लोकसेवा आयोगले असंवैधानिक निर्णयलाई सरकारले काखी च्यापेर बसेको उनको आरोप छ । लोकसेवा आयोगले गरेको निर्णय त्रुटीपूर्ण रहेको भनेर संसदको समितिले निर्देशन दिएको भएपनि सरकारले त्यो निर्देशन मान्दिन भन्नु हास्यास्पद रहेको बताए ।
मन्त्रीको जन्म यही संसदबाट भएको भन्दै उनले मन्त्री कुनैपनि आकाशबाट नआएको बताएका छन् । यसरी संसदले यो विज्ञापन रोक्नको लागि भनिरहेको बेलामा संवैधानिक आयोगका अध्यक्षले म मान्दिन भन्नु आश्चर्यचकित भएको बताए । उनले यो संविधानले भनेपनि नमान्ने र संसदले र कानूनले भनेको पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ? भन्दै प्रतिप्रश्न गरेका छन् ।
पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सकियो, अब सञ्चालन
नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।
नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
दक्षिण एशियाको पहिलो क्रसबोर्डरका रुपमा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भई हाइड्रो टेष्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, स्क्यान प्लाष्ट गरेर पाइपमा रहेका खिया हटाएर चिल्लो स्टील बनाउने कार्य शुरु भएको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।
पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनःवृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० वटा नयाँ रुख रोपन रु एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।
भारततर्फको मोतीहारीदेखि रक्सौलसम्मको ३२ दशमलव ६५ किलोमिटरसम्म करीब एक महीना पहिले जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ भने नेपालतर्फ पनि रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किलोमिटरको भू–भागमा पाइप ओछ्याउने कामसमेत सम्पन्न भएको छ ।
सो पाइपलाइन सञ्चालन गर्नका लागि नेपाल आयल निगमका इञ्जिनीयर तथा प्राविधिक टोली पाइपलाइन सञ्चालन गर्नेबारे तालीम लिन भारतको लखनउतर्फ गएको बताइएको छ । २४ अगस्ट २०१५ मा नेपाल–भारतबीच सो पाइपलाइनबारे सम्झौता भएको थियो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम हाल सम्पन्न भएको हो ।
भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको २७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।
जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकाले यसमा खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुको छ ।
पाइपलाइनबाट इन्धन ल्याउन थाले अहिले ट्याङकर ढुवानी र जनशक्तिमा खर्चिएको रकमबाट वार्षिक एक अर्ब रूपैयाँ जोगिने अनुमान सरकारको छ ।
संसदमा काँग्रेस : सरकार आँखा नदेख्ने भएको छ, परिणाम नराम्रो आउनसक्छुु
प्रतिनिधि सभामा नेपाली काँग्रेसले सोमबार पनि गुठी विधेयकको विषयमा विरोध गरेको छ । बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले यसको विरोध गरेका हुन् । विरोध पछि बोल्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सरकारल गौरवपूर्ण नेपाली संस्कृति नासेर होली वाईनको संस्कृतिलाई प्रतिस्थापन गर्ने तयारीमा लागेको भन्दै यो दुखद् रहेको बताएका हुन् ।
नेपाली धर्म र संस्कृति मास्ने खालको विधेयक ल्याएर सरकारले नेपालको परापूर्व कालदेखिको धर्म र संस्कृति नामेट पार्ने प्रयास गरेको उनको आरोप छ । उनले शान्तीपूर्ण सडक आन्दोलनमा रहेका गुठियारहरुलाई सरकारले वार्ता र संवाद भन्दापनि दमनको बाटो अपनाएको भन्दै यो सरकारकै लागि घातक बन्ने चेतावनी दिए ।
गुठी संस्कृतिलाई सामन्तवादको अवशेष भन्ने सञ्चारमन्त्री र आवश्यक सुधार गछौं मात्रै भनी केही पनि काम नगर्ने प्रधानमन्त्रीकोबीच कुराकानी नै बाझिँदा यसले सरकारप्रति झनै आशंका थपेको उनको बुझाई छ ।
नेता बडूले काँग्रेकको तर्फबाट तत्कालै वार्ता र संवाद मार्फत् समस्याको समाधान गर्न माग गर्दै काँग्रेसको गुठियारहरुको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता रहेको बताएका छन्। उनले सरकार अहिले अन्धो भएको भन्दै त्यसै कारणले विभिन्न बाहानामा आफ्नो धर्म संस्कृति र पहिचान मास्ने काममा लागेको बताएका छन् ।
उनले सरकारका कारण अब स्थिति विग्रिँदै गएको भन्दै कुनैपनि नकारात्मक परिणाम आएको खण्डमा यसको जिम्मेवार सरकार आफैं बन्नुपर्ने चेतावनी उनले दिएका छन् ।
हामीले सभापतिलाई भेटेर महाधिवेशन प्रक्रिया शुरु गर्नुपर्छ भन्यौ तर कामको छाँटकाट छैन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।”
पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भने, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन ।”
फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पुर्याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए। नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक कांग्रेसले पारित हुनदिदैन ।”





















प्रतिक्रिया