Logo

प्रमुख समाचार

किताब करविरुद्ध अभियन्ताहरु शुक्रबार माइतीघरमा विरोध प्रदर्शन



विद्यार्थी, पाठक, लेखक, प्रकाशक तथा पठन संस्कृति प्रवद्र्धनमा सक्रिय अभियन्ताहरु सरकारले विदेशबाट किताब आयातमा लगाएको करविरुद्ध आन्दोलित भएका छन्। अभियन्ताहरुका तर्फबाट नेपाल विश्‍व विद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहराले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले पुस्तक तथा अन्य शैक्षिक सामाग्री आयातमा लगाएको १० प्रतिसत कर नियमसंगत नभएकोले तत्काल फिर्ता लिन माग राखेका छन्।

‘ज्ञानको स्रोत किताबमाथि कर लगाउने सरकारको निर्णय आपत्तिजनक र गैरजिम्मेवार छ। नेपाल समेत सदस्य रहेको युनेस्कोको फ्लोरेन्स एग्रिमेन्ट (१९५०) र प्रोटोकल (१९७६) अनुसार पुस्तकमहरु भन्सार शुल्क तथा भ्याटमुक्त हुन्छन्,’ बोहराले विज्ञप्तिमा भनेका छन्, ‘किताबमाथिको कर भनेको ज्ञानमाथिको बन्देज हो। सरकारको यो कदमले नेपालको संविधानको मर्ममा धावा बोलेको छ।’

किताबमाथि लगाइएको १० प्रतिसत कर खारेज गर्नुपर्ने, एक राष्ट्रिय पुस्तकालय तथा सबै प्रदेशमा प्रादेशिक पुस्तकालयको व्यवस्था गर्नुपर्ने र हरेक विद्यालयमा अनिवार्य बाल पुस्तकालयको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर अभियन्ताहरु आन्दोलन गर्ने तयारीमा रहेको उनले बताए। पहिलो चरणमा किताबमाथिको करविरुद्ध शुक्रबार माइतीघरमा विरोध कार्यक्रम गर्ने उनले बताए।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार ०८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।