Logo

सुदूरपश्चिम प्रदेश

चामलको बोराभित्र भेट्टियो ‘दुई लाख’ घुस, कार्यालय प्रमुख र इञ्जिनियर पक्राउ



कञ्चनपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका–१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको सेवाग्राहीले बताएका छन् । श्रीवास्तवले २५ लाख योजनाको १५ प्रतिशतका दरले कमिसन नदिए आफूले बिल पास नगर्ने बताएपछि सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

सेवाग्राहीबाट घुस लिएको २ लाख रुपैयाँ कार्यालय प्रमुख श्रीवास्तवको आवासको भान्छामा चामलको बोराभित्र भेटिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार ०९:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।