नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता लेखराज भट्टले खेल क्षेत्रको विकासका लागि छुट्टै खेल विश्वविद्यालयको आवश्यकता औँल्याएका छन् । यही असार १८ देखि २९ गतेसम्म इटालीको नापोलीमा हुने ३०औँ विश्वविद्यालयस्तरीय अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुने टोलीको बिदाई कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि विशेष कक्षाको आवश्यक रहेको बताए।
उनले प्रतिभावान खेलाडी भन्दा आफ्ना नजिककालाई मात्र खेल क्षेत्रमा छनोट गर्ने प्रवृतिले खेल क्षेत्रले उल्लेख्य सफलता लिन नसकेको टिप्पणी गरे। उनले खेलकूदका लागि स्रोत खोज्ने चलनले पनि खेल क्षेत्रको विकास हुन नसकेको बताए। विश्वविद्यालय खेलकूद सङ्घद्धारा आयोजित कार्यक्रममा फेन्सिङ खेलाडी ओमकार सिंह, एलिसा अधिकारी र अनिता कार्की तथा तेकवान्दोतर्फ सक्षम कार्की, नम्रता तुलाधर, पार्वती गुरुङ, अस्मिता खड्का र उमेशराज भण्डारीलाई पूर्वमन्त्री तथा सांसदसमेत भएका भट्ट, राखेपका सदस्य एकिन्द्र कुँवर, सङ्घका अध्यक्ष प्रदीप जोशी लगायतले बिदाइ गरेका थिए ।




















प्रतिक्रिया