Logo

विविध

सुन तथा नगद ठगी गरी फरार



भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका-१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका-१ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर्षीया महिलाको २ तोलाको सुनको १ जोर रिङ र नगद ३ हजार रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ । 

२ जना अज्ञात व्यक्तिहरुले सुन जस्तो देखिने पहेँलो धातु देखाई फकाई ती महिलाले लगाएको उक्त सुन र नगद ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले ठगी गर्ने व्यक्तिहरुको खोजी तथा यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।