चलचित्र विकास वोर्डले एड गुरु निर्मल राज पौडेललाई फिचर मुमि र विज्ञापनका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दे एक कार्यक्रमका बिच वशिष्ट योगदान सम्मानबाट सम्मानित गरेको छ । चलचित्र विकास बोर्डको १९ औं बार्षिक उत्सवको अवसरमा सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले वशिष्ट योगदान सम्मानबाट एड गुरु निर्मल राज पौडेललाई सम्मानित गरेका हुन् ।

पौडेलले लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्रनिर्माण क्षेत्रमा निरन्तर पुर्याएको योगदान र यसको श्रीवृद्धीमा खेलेको उल्लेखनिय भूमिकाको स्मरण र कदर गर्दे यो सम्मानप्रदान गरेको चलचित्र विकास बोर्डले जनाएको छ । नेपाली विज्ञापन क्षेत्रमा पौडेल विगत तिन दशक देखि क्रियाशिल भएको छन् । उनी नेपाल विज्ञापन सघंको पूर्व अध्यक्ष पनि छन् ।
पौडेल वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिका अध्यक्ष छन् । पौडेलले तिन दशकलामो ब्यवसायिक यात्रामा ५०० भन्दा बढी विज्ञापन र विज्ञापन चलचित्र निर्माण गरिसकेका छन् । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट चलचित्रकर्मीहरुलाई पनि सम्मानित गरियो ।





















प्रतिक्रिया