गलत बाटोबाट पोखरा विश्वविद्यालयमा उपप्राध्यापक भएकाहरु फेरि प्राध्यापक बन्ने लबिङमा जुटेका छन् । २०७१ सालमा विभिन्न माध्यमबाट करार सेवामा रहेका शिक्षकहरु स्वत स्थायीका माग राखी आन्दोलन गरेर २०७३ सालमा उपप्रध्यापक बनेका थिए । स्थायी भएका उनीहरु फेरि महत्वकांक्षी भई प्रधानमन्त्री तथा कुलपतिको अध्यक्षता मंगलबार बस्ने पो।वि।को सभामा प्रमलाई नै गुमराहमा राखी चोरबाटोबाट पारित गराई प्रध्यापक बन्ने दाउमा रहेका हुन् ।
आयोगबाट खुला प्रतिस्पर्धाबाट आएका शिक्षकहरुको वृत्ति विकास पुर्ण रुपमा बन्देज गरी यसरी गलत ढंगले प्राध्यापक चयन गर्न दिर्घकालिन असर पर्ने एक प्राध्यापकले बताए । उनले भने– यसले योग्य भन्दा अयोग्यले नै विश्वविद्यालय र शिक्षा क्षेत्र हाक्ने देखिन्छ । नाम नबताउने सर्तमा एक उप प्रध्यापकले भने खुला प्रतिस्पर्धाबाट यहा सेवा गर्नु त अभिसाप जस्तै हुने देखियो हिजो मसँगै सेवा आयोगमा खुला प्रतिस्पर्धा गर्दा बैकल्किपमा सम्म नपरेका करार शिक्षक टिका लगाई स्थायी भए ।
अहिले उनीहरु आर्थीक तथा अन्य चलखेल गरि फेरी स्वत प्रध्यापक बन्ने छन् । जसले गर्दा हामी जस्ता पेशागत मर्यादा र योग्य जहिले पछाछि पर्ने छौं जसले शिक्षाको गुणस्तरमा ह्रास आउने निश्चीत छ ।’




















प्रतिक्रिया