Logo

मनोरञ्जन

एलिना र बसन्तको ज्यान बेइमानी भएपछि यस्तो सम्म भयो (भिडियो सहित)



युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय धमाधम गीत रेकर्ड गराइरहेकी छिन् । उनको स्वरमा रेकर्ड भएका ’ओरिजिनल’ गीतहरु अहिले रिलिज भइरहेका छन् । यस्तैमा उनको स्वरमा रहेको नयाँ गीत ’यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा बसन्त सापकोटाले पनि स्वर दिएका छन् । सोमबार बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि सापकोटा कै रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् भने मिक्सिङको जिम्मा कृष्ण महर्जनले लिएका थिए ।

भिडियोमा गायकरगायिकाको ’लिपसिङ’ मात्र खिचिएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा एलिना र बसन्त गीत गाइरहेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।