Logo

विविध

भीरबाट लडेर दुई जनाको मृत्यु   



रोल्पा, रोल्पा नगरपालिका-६ कोटगाउँ बस्ने ४२ वर्षीय गन बहादुर परियारको माडी गाउँपालिका-२ घोर्लेटो खोलास्थित भिरबाट लडेर बिहीबार राति मृत्यु भएको छ । गंगादेव गाउँपालिका-१ ओतस्थित छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । 

दैलेख, भगवतीमाई गाउँपालिका-१ बस्ने २६ वर्षीया पुष्पा अधिकारीको सोही ठाउँस्थित जुगाखोला ठाडोपानी नजिक भीरबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ । घरबाट माईतिघर सुर्खेततर्फ जाने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १५:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।