Logo

राजनीति

पूर्व प्रधानन्यायाधीशलाई नै अवैधानिक भने सुर्य थापाले



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले चारजना पूर्व प्रधानन्यायधीशहरुको वक्तव्यलाई असंवैधानिक भनेका छन् ।

शुक्रबार चारजना पूर्व प्रधानन्यायधीशहरुले वक्तव्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमलाई असंवैधानिक भनेपछि थापाले त्यस्तो टिप्पणी गरेका हुन् ।

थापाले आज विहान ट्वीटमार्फत् प्रधानन्यायधीशहरुले अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाए । उनले भने, ‘चारजना पूर्व प्रधानन्यायधीशहरुको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११ , न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ ।’ उनले भीडको निहित चाहनामुताविक फैसला गर्न प्रेरित गर्न दुराशय राखेको आरोप समेत लगाएका छन् ।

थापाले भनेका छन्, ‘यसले अदालतलाई प्रभावित गर्ने र भिंडको नीहित चाहनामुताविक फैसला गर्न प्रेरित र वाध्य गर्ने उहाँहरुको दुराशय स्पष्ट गरेको छ ।’

२४ पौषमा पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले वक्तव्यमार्फत् प्रतिनिधिसभा बिघटनले देशको संवैधानिक पद्धतिको कार्यान्वयनमा प्रतिकूल प्रभाव परेको उल्लेख गरेका छन् । उनीहरुले यसलाई असंवैधानिक कदम समेत भनेका छन् ।

थापाको ट्विट :

चार जना पूर्व प्रधानन्यायाधीशहरूकाे असंबैधानिक वक्तव्यबाजीबाट संविधानकाे भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाकाे बर्खिलाप कार्य भएकाे छ । यसले अदालतलाई प्रभावित गर्ने र भिंडकाे निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूकाे दुराशय स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।