Logo

समाचार

आफनै छोरीलाई बलात्कार गरी भिडियो बनाउने एकजना पक्राउ



कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिह थापाले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोबाईलमा भिडियो समेत बनाएको बुझिएको छ ।

प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।