Logo

समाचार

ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु



अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ वर्षीया बालिका अस्मिता भण्डारी रहेकी छन् ।

जिल्लाको कमलबजार नगरपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीले ट्रक र ट्रक चालक मधुबन नगरपालिका–४ बर्दियाका तिलक शर्मा नियन्त्रणमा लिएको छ । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०६:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।