कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँ स्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषय लाई लिएर उनका अभिभावकले पाँच जना विरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थी बीच भएको झगडाका विषय लाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ ।
घाइते विद्यार्थीको तीन दिन अघि असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भए पछि मृतकका अभिभावकले सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष , प्राचार्य सहित पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरा , प्राचार्य यशोदा जोशी र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्री विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए ।





















प्रतिक्रिया