Logo

मनोरञ्जन

उदित नारायण झाको आवाजमा ‘होसमा बेहोसी’ गीत बजारमा



लेजेन्डरी गायक उदित नारायण झाको आवाजमा धेरै समयको अन्तरालमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो मारतको मुम्बईमा तयार गरिएको हो ।

दक्षिण एसियामै प्रख्यात गायक झाले गाएको गीत श्री हजुर नामको महिमामा आधारीत छ । बिजय गौतमको शब्द संगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । बिगतमा सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भाबका गीत संगीतहरु दर्शक सामु पस्कदै आईरहेको छ।

हेर्नुस भिडियो

प्रकाशित मिति : २८ असार २०७६, शनिबार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।