Logo

समाचार

नुहाउने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु



नुहाउने क्रममा पानीमा डुबेर डडेल्धुरामा एक बालकको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका १० दुम्सी जालाका ६ बर्षका बालक अनमोल विकको पानीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयका अनुसार आइतबार दिउँसो साथी सँग स्थानीय पन्तुरा खोलामा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको हो । उनीसंगै पौडी खेल्न गएका सोही ठाउँका अर्का बालकलाई भने स्थानीयले देखेपछि उद्धार गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ०२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।