Logo

मनोरञ्जन

जोन तुम्बापोको ‘कस्ले गर्दा’ भयो (भिडियो सार्वजनिक)



पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोलाई सानै देखी गीत संगीतमा रुची थियो विभिन्न प्रत्योगितामा सहभागी भएर उनी पुरुस्कार समेत जित्ने गर्थे जोन आफुलाई गायक राजेश पायल राईको फ्यान भएको बताउछन गायक बनेर नाम सम्मान कमाउने सोच राखेका जोनले आफ्नो पहिलो प्रयासका रुपमा कस्ले गर्दा बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्

यस गीतमा स्वर जोन तुम्बापो र स्वस्तिका प्रधानको रहेको छ गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका हुन गीतको शब्द राम लावतीले लेखेका हुन् गीतको म्युजिक एरेण्ज्मेन्ट नरेश श्रेष्ठले गरेका हुन् ।

डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको भने दिवस गिरीको कोरियोग्राफी रहेको छ विकाश धमलाले भिडियो सम्पादन गरेका हुन भुपेन्द्र तुम्बाहाम्फेले खीचेको गीतको भिडियोलाई स्वयम उनैले निर्देशन समेत गरेका हुन गीतको म्युजिक भिडियोले डिजिटल बजारमा राम्रो प्रतिकिया प्राप्त गरिरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।