Logo

मनोरञ्जन

युरोपको ‘मिस एलिट ब्युटी क्वीन’मा नेपालको प्रतिनिधि भावना



युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् । ४० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा उनी मात्र नेपालको एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ)ले हालै राजधानीमा आयोजना गरेको डिसनबाट उनी छानिएकी हुन् । अडिसनमा २५ जनाको सहभागीता रहेको थियो ।

बुधबार राजधानीमा एक कार्यक्रममा बीच ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ) भावनालाई ‘मिस एलिट ब्युट क्वीन इन्टरनेशन नेपाल २०१९’को ताज पहिर्याउदै प्रतियोगिताको लागि आधिकारीकता प्रदान गरेको हो । आगामी २८ जुलाईदेखि अगष्ट २ सम्म आयोजना हुने प्रतियोगितामा भावनाले नेपाली कलासंस्कृती सहित सहभागी हुन लागेकी हुन् ।

सुन्दरीहरुको पभित्र लुकेर रहेको प्रतिभा निखार्दै बाहिर ल्याउने उदेश्य रहेको यो प्रतियोगिताको बिजेताले ३ हजार युरो पर्ने ताजका साथमा बिभिन्न गिफ्ट समेत जित्न सक्नेछन् । भावना नेपाली मोडल तथा मेकअप आर्टिस हुन् । नेपालको नाम बिश्वमा चिनाउने आफ्ना लागि प्रतियोगिता एक अवसर भएको कार्यक्रममा भावनाले बताइन् । उनले ताज नेपाल ल्याउने कोसिस आफ्नो रहने सुनाइन् ।

२०१३ बाट नियमित आयोजना हुदै आएको यो प्रतियोगितामा अवदेखि हरेक बर्ष एक प्रतिनिधि आफुले पठाउने ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन (डीआईएमएफ)की सिइयो मन्जु ढकालले बताइन् ।  (डीआईएमएफ)को सम्बन्धन ड्रिम्स वेयर फ्यासन बुटकसँग छ । यसले छिट्टै ‘रनअवे ड्रिम्स २०१९’ नामको सौन्र्दय प्रतियोगिता समेत आयोजना गर्दैछ । ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनबाट नयाँ र व्यवसायिक मोडलले मोडलिङ र र्‍याम्पवाक आधुनिक बिषयमा जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।