Logo

लुम्बिनी प्रदेश

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन तम्घासमा सिसीटिभी क्यामेरा



जिल्लाको सदरमुकाम तम्घासमा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउनका लागि गुल्मीको सदरमुकाम तम्घासमा रहेको बजारका विभिन्न सम्वेदनशील क्षेत्रहरुमा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको हो ।

जिल्ला प्रशासनको अगुवाईमा तथा विभिन्न संघ संस्थाहरुको सक्रियतामा क्यामेरा जडान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले आर्थिक सहयोग समेत गर्ने भएका छन । शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पु¥याउन सिसीटिभी जडान गर्नका लागि गण्डकी विकास बैंकको तम्घास शाखाले सहयोग गरेको छ ।

बैंकका शाखा प्रबन्धक कालिदास पाण्डेले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २५ हजारको चेक हस्तान्तरण गरेका छन । बैंकले संस्थागत सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकता दिदैं सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको बैंकका शाखा प्रमुख पाण्डेले बताए ।

प्रशासनको अगुवाईमा बजार क्षेत्र भित्र पहिलो चरणमा झण्डै १ दर्जन स्थानमा सिसीटिभी क्यामेरा जडान गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बजार क्षेत्रमा गरिने सिसीटिभी क्यामेरा जडानले अपराध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय ढुक्कसँग गर्न पाउने व्यवस्था मिलाउन सहयोग गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी पौडेलले क्यामेरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै क्यामेरा जडान गरिने बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।