Logo

प्रमुख समाचार

धनगढीको विष्फोट घटनाबारे विप्लव अझै मौन



प्रहरीले कैलाली सदरमुकाम धनगढीको सहिदगेट नजिक भएको विष्फोट घटनामा विप्लव नेतृत्वको संलग्नता रहेको दाबी गरेको धेरै घण्टा बितिसकेको छ । उसले घटनास्थलबाट पेस्तोल समेत बरामद गरिएको दाबी अझै छाडेको छैन । घटनामा परी घाइते पाँच मध्ये निधन भएका ३५ राम सिंह विप्लवका कार्यकर्ता भएको जिकिर समेत गरिरहेको छ । अन्य घाइतेहरुमध्ये दुई जना पनि कार्यकर्ता रहेको दाबी प्रहरीको छ । यद्यपि घाइते सिंहको गएराति १२ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको छ ।

गत जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको विष्फोट र चार जनाको निधनमा विप्लव नेकपाको हात रहेको पुष्टि भएबाट धनगढी घटनामा पनि विप्लव नेतृत्वको पार्टी संलग्नता रहेको पुष्टि भएपछि धनगढीमा पनि संलग्नताबारे थप आशंकाको विषय बनाएको भने पक्कै हो । तर घटना भएको १८ घण्टा बढी समय बित्दा समेत घटनामा आफ्नो संलग्नता रहे नरहेको केही खुलाएको छैन । सरकारले विप्लव नेकपालाई हतियार र विष्फोटक पदार्थ भएको समूहको रुपमा चित्रित गर्दै सोही अनुरुप व्यवहार गर्दै आइरहेको अवस्था छ ।

हिजोको घटनामा पनि विप्लवका कार्यकर्ताले विष्फोटक पदार्थ बोकेको र अज्ञानतावस विष्फोट भएको आशंकाले हेरिएको छ । मृत्यु भएका सिंह उक्त पार्टीमा आवद्ध थिए या थिएनन् भन्ने कुराको स्वतन्त्र पुष्टि भएको छैन । यसबारे विप्लव नेकपाको आधिकारिक भनाई नआउनाले सुरक्षा निकायको दाबी र नागरिकमा परेको त्रास हट्न सकेको छैन ।

उक्त घटनामा आफ्नो पार्टीको सहभागी भएनभएकोा र निधन सिंह पार्टी आवद्ध हुन् कि होइनन भन्ने कुरामा  विप्लव नेतृत्वको नेकपा अहिलेसम्म मौन बसेको छ । यसबाट शंका र उपशंका झनै फैलिएको छ ।

प्रहरीका अनुसार घाइतेहरुमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का लक्ष्मण सेरेला, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव, केशवराज पाण्डे र भारतको लखिमपुर जिल्ला घर भएका मोबिन खान छन् । घाइतेमध्ये तीन जना खतरामुक्त रहेको र सेरेलाको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ०६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।