Logo

मनोरञ्जन

छविकी जेठी श्रीमती हेमाले दिएको बहुविवाहको उजुरी महिला सेलमा दर्ता



नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छविराज ओझाको पारिवारिक विवादमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेकी छन्।

महानगरी प्रहरी वृत्त कालिमाटीको महिला सेलमा हेमाले आज बहुविवाहको उजुरी दर्ता गराएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए। बहुविवाहको मुद्दा दर्ता गराइपाऊँ भन्दै निवेदन परेकाले कानुन अनुसार आफूहरु प्रक्रियामा जाने बोगटीले बताए।

यसअघि गौशाला प्रहरी वृत्तमा उजुरु हाल्न हेमा गएकी थिइन्। तर बहुविवाहको मुद्दा आफूहरुले हेर्न नमिल्ने भन्दै गौशालाले कालिमाटी जान सुझाएको थियो।

श्रीमान् छवि ओझाबाट सुरक्षा थ्रेट भएको भन्दै शिल्पाले प्रहरी गुहारेपछि उनीहरुबीचको विवाद सतहमा आएको थियो। यहीबीचमा छविकी जेठी श्रीमती हेमाले पनि अग्रसरता देखाएकी छन्। छविले हेमासँग ३५ वर्षअघि २०४१ सालमा बिहे गरेका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।