वि.सं.२०७६ साल साउन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ जुलाई २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि अष्टमी,२३ घडी ५३ पला ,दिउसो ०२ बजेर ५७ मिनेट उप्रान्त नवमी । नक्षत्र अश्विनी,२२ घडी ५६ पला,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त भरुणी । योग धृति,०४ घडी २० पला,बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त शूल । करण कौलव,दिउसो ०२ बजेर ५७ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा मानस योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५० पला । गोरखकाली पूजा।
मेष राशि
मिष्टान्न भोजन, उत्तम बस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानीका स्रोतहरु फेला पर्नेछन् ।
बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुँनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।
बृष राशि
व्यापार व्यावसायमा मन्दि आउँने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामनको व्यापारमा कमि आएपनि बिदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ ।
पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरुतिरै जानेछ । प्रेममा धोका तथा अबिश्वास बढ्ने योग रहेकोछ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।
मिथुन राशि
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।
अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
कर्कट राशि
समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ ।
व्यापार लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाईले खाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ ।
सिहं राशि
भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ ।
धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । बिशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउँनेछ ।
कन्या राशि
व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।
आफन्त तथा घरपरिवारका सदस्यहरु सँग राय बाजिनेछ । माया प्रेममा धोका तथा बिश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
तुला राशि
समय र परिस्थितिले साथ नदिदा व्यापारमा लगानी डुब्ने खतरा रहेकोछ । व्यापारकै सवालमा गरिने यात्रा निष्फल हुनेछ । सानो बिषयमा घर परिवार तथा आफन्त सँग राय बाजिनेछ ।
खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउँन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
बृश्चिक राशि
प्रतिष्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु राशि
शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा काम पाउँने तथा बढुवा हुने योग रहेकोछ ।
पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुने योग रहेकोछ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेकोछ भने भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।
मकर राशि
आफन्त तथा साथिभाई सँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला ।
निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन् । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ ।
कुम्भ राशि
उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ ।
अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुचि बड्नेछ ।
मीन राशि
धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ ।
ज्ञान कला तथा सहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाईलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेकोछ । तपाईको दिन शुभ रहोस् ।




















प्रतिक्रिया