नेपाल विद्यार्थी संघले त्रिबि सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसका स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायको सम्पूर्ण तहमा छात्रवृत्ति बढाउन माग गरेको छ।
नेबिसंघका नि(वर्तमान महामन्त्री कुन्दन राज काफ्लेद्वारा हस्ताक्षरित ज्ञापनपत्र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बुझाउँदै संघले दुवै तहमा ३० प्रतिशत छात्रवृति लागू गर्न माग गरेको हो।
हाल स्नातक तहमा २० प्रतिशत र स्नातकोत्तर तहमा १५ प्रतिशत छात्रवृत्तिको व्यवस्था छ। संघले हाल दिँदै आएको छात्रवृत्तिको प्रतिशतलाई वृद्धि गर्न माग गरेको हो।

यसका साथै साथै, एमबिए, एमबिएम, बिबिए, बिआइएम, बिबिएम र बिबिए(फाइनान्समा १० प्रतिशत पूर्ण छात्रवृतिको माग गरिएको छ।सम्बन्धन प्राप्त कलेजहरुले छात्रवृति दिए र नदिएको अनुगमन र मूल्यांकन गर्न विश्वविद्यालयलाई सुझाव दिएको छ।
शंकर देबका विद्यार्थी नेता दीपक ओझाको नेतृत्वमा विष्णु खड्का, सन्तोष गुरुङ, ठाकुर नेपाल, छत्र रावल, महेन्द्र भट्टराई, योगेन्द्र रावल, बिष्णु हरि खड्का, गणेश टन्डन लगायतले उपकुलपति खनियाँ र व्यवस्थापन संकायका डिनलाई संघका माग बारे ज्ञापन पत्र बुझाएका हुन्।





















प्रतिक्रिया