कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका – १ टीकापुरमा मंगलबार साझ मोटरसाइकल दुर्घटना हुदा लम्की चुहा नगरपालिका–३ कर्णाली चिसापानीका १९ वर्षिय पुरन साउदको घटना स्थलमै मृत्यु भएको हो ।
टीकापुर डुडेझारी स्थित सव डिभिजन वन कार्यालय नजिकै तिन जना सवार रहेको से ५ प ८७०५ नम्बरको मोटरसाईकल दुर्घटना परेको हो । मोटर साइकलमा सवार ३ जना मध्ये लम्कीका योगेश मल्ललाई उपचारका लागि नेपालगंज लगिएको र मोटरसाइकल चालक लम्कीका सौगात पौडेल तथा मोटरसाइकल ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेका ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
















प्रतिक्रिया