Logo

प्रमुख समाचार

हावाहुरी पिडित महिलामाथि वडा अध्यक्षको निर्देशनमा कुटपिट



धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाबाट उप–महानगरपालिकाको कार्यालयमा आउँदै गरेका महिलामाथि कुटपिट गरिएको छ । वडा नम्बर १२ जुगेडाका वास्तविक हुरी पीडितहरु राहत नपाएको भन्दै उप–महानगरपालिका घेराउ गर्न आईरहेका बेला बाटोमै कुटपिट भएको होे ।

बुधवार जुगेडा सी गाउ वडा नम्बर १२ को कार्यालयमा ताला बन्दी पछि उनीहरु जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उप–महानगरपालिका घेराउका लागि आउँदै थिए । तर जुगेडा ए गाँउमा वडा नम्वर १२ का अध्यक्षको निर्देशनमा युवाहरुले महिलालाई कुटपिट गरेको आरोप लागेको छ ।

ए गाँउमा वडा अध्यक्षका भाडाका गुण्डाहरुले महिलामाथि हातपात गरेको उनीहरुको दावी छ । वडा अध्यक्षको बिरोधमा नारावाजी सहित समूहमा आएका महिलाहरुमाथि ए गाँउमा हातपाती भएको स्थानीय महिला कृष्णा सिंहले बताईन् ।

मोटरसाइकलमा आएका तीन युवा र स्थानीयका घरहरुबाट आएका युवाहरुले महिलाको समूहलाई तितर–बितर बनाउँदै हातपात गरेको उनले बताईन् । धेरै महिलाहरुले सुनका गहना, मोवाइल र नगद समेत युवाहरुले खोसेर लगेको बताएका छन् । युवाहरुको समूह आएपछि केही महिलाहरुले भिडियो बनाउन खोज्दा मोवाइल खोसिएको हो । वडा अध्यक्ष गणेशप्रशाद जोशीले भने महिलाहरुले गलत आरोप लगाएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार ०९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।