Logo

मनोरञ्जन

करिश्मा परिन् अन्यौलमा यस्तो छ कारण !



हालै एसइई परीक्षा उत्तीर्ण गरेकी अभिनेत्री करिश्मा मानन्धर अन्यौलमा छिन। एसइईपछिको उच्च शिक्षामा व्यवस्थापन र मानविकीमध्ये कुन संकाय पढ्ने भन्ने अन्यौलतामा रहेकी अभिनेत्री मानन्धरले पढ्ने कलेज भने टुँगो लगाइसकेकी छिन।

गोदावरीस्थित सरकारी किटिनी क्याम्पसमा भर्ना भइसकेकी उनले व्यवस्थापन र मानविकीमध्ये संकाय छनोट गर्न नसक्दा नियमित रूपमा कक्षामा उपस्थित हुन नसक्ने बताउँछिन्। अन्यौलताका कारण उनले ६ दिन कक्षा छुटाइसकेकी छिन।

विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेकी उनले मानविकी संकाय तुलनात्मक रूपमा उपयोगी हुने तर्क राख्छिन्। ‘विभिन्न सामाजिक कार्यमा सक्रिय हुन रूचाउने हुँदा मानविकी संकायमध्ये त्यसबारे विस्तृतमा जानकारी दिन्छजस्तो लाग्छ। व्यवस्थापनको तुलनामा मानविकी संकाय उपयोगी हो कि ?,’ उनी भन्छिन्।

राजधानीका विभिन्न नीजि कलेजहरूबाट उच्च शिक्षा अध्ययनको लागि अफर आएपनि उनको प्राथमिकतामा सरकारी क्याम्पस रहेको उनले बताइन्। ‘सरकारी क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दछ। यहाँ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूमात्र पढ्छन् भन्ने मान्यतालाई हटाउन मैले सरकारी क्याम्पस रोजेकी हुँ,’ उनले भनिन्।

विभिन्न फिल्मसम्बन्धी कार्यमा व्यस्त हुनुपर्ने हुँदा उनले हप्तामा चार दिनमात्र कक्षामा सहभागी भएर अध्ययन गर्ने भएकी छिन्। उनका अनुसार अधिकांश महिलाहरु विवाहअघि कलेज गएर पढ्ने र विवाहपछि पढाई छाड्ने प्रवृति गलत हो।

‘विवाहित महिलाहरूलाई विवाहपछि घर र परिवारप्रति जिम्मेवार हुनुपर्ने मान्यताका कारण पढाई छाड्ने गरेका छन्। पढाईका लागि उमेरले छेक्दैन। महिला शिक्षित हुनु भनेको परिवार शिक्षित हुनु हो,’ उनले भनिन्।

किटिनी क्याम्पसका प्राचार्य सरोजकुमार केसीका अनुसार गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अभिनेत्रीले सो सरकारी क्याम्पस रोजेको बताउँछन्। ‘अभिनेत्री मानन्धरले क्याम्पस भर्ना गरिसकेकी छिन। कुन संकाय अध्ययन गर्ने भनेर अन्यौलमा रहेकी उनलाई हामीले मानविकी पढ्न सुझाव दिएका थियौं।

सम्भवतः उनले मानविकी संकायको कक्षा सहभागी हुनेछिन्,’ उनले भने। सो सरकारी क्याम्पसमा विज्ञान संकायको मासिक शुल्क १५ सय र व्यवस्थापन-मानविकीको सात सय रुपैयाँ रहेको छ। अभिनेत्री मानन्धरले एसइईमा बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन्।

‘नेपाल फिल्म अवार्ड (नेफा) घोषणा

नेपाली फिल्मसँग सम्बन्धित अवार्डहरु दर्जनौं पुगेका छन् । तर समग्र नेपाली फिल्मक्षेत्रलाई प्रतिनिधीत्व गर्ने र सबैको साझा अवार्डको रुपमा नेपाली फिल्म अवार्ड हुन सकेको छैन । यसलाई मध्य नजर गर्दै नेपाली फिल्म क्षेत्रको सबै भन्दा सर्वश्रेष्ठ पपुलर अवार्डको रुपमा नेफा आयोजना हुने भएको छ ।

आगामी दशै पछि हुने नेफा अवार्डलाई बलामी फिल्म ईनटरटेन्मेन्ट र यस अन्तर्गतको नेफा मिडिया गु्रपले आयोजना गर्न लागिएको हो ।

नेफाको लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने भएका छन् । झण्डै २ करोड लगातमा आयोजना हुन लागेको अवार्ड समरोहलाई भव्य र सभ्य बनाउन लागि परेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताए । नेफा आयोजकले प्रस्तुत गरेको कार्यविधीमा अवार्ड नेपालको लागि अहिले सम्मकै प्रतिक्षित रहेको बताइएको छ ।

अवार्डले नेपाली फिल्मकर्मीको सम्मान, दर्शकप्रतिको सम्मान, सयौं सेलेब्रेटीमा सम्मान व्यक्त गर्ने बताइएको छ । नेपाली कला, संस्कृतीलाई मौलीकतामा झल्को आउने गरि प्रस्तुत गर्दै नेपाली फिल्मको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मूख्य उद्देश्य बनाएर नेफा काठमाडौंमा भव्य रुपमा हुन गईरहेको छ ।

२१ जना फिल्म पत्रकारहरुको समूहले यो अवार्डको मोडल तयार पारिएको हो । दशै पछि आयोजना हुने यस अवार्ड नेपालकै प्रतिष्ठित र सर्वश्रेष्ठ राष्ट्रिय अवार्ड बनाउन लागि परेको बलामीले बताए ।

अवार्ड समारोह

नेपाल फिल्म अवार्ड ९नेफा० नेफा मिडिया ग्रुपद्धारा जारी कार्यविधी अनुसार संचालन हुने जनाएको छ । स्वदेश र विदेशमा आवश्यकता र समयानुकुल यो अवार्ड आयोजना हुनेछ । स्वदेशमा यो अवार्ड संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला संघ संस्थाहरुको समन्वयमा विभिन्न प्रदेशहरुमा आयोजना गरिने आयोजकले कार्यविधीमा प्रस्तुत गरेका छन् ।

५ विधा नेपाली फिल्मलाई माया गर्ने दर्शकहरुको भोटिङको आधारमा राखिएको छ । यस्तै १४ वटा विधा निर्णायकको अधिकारको आधारमा राखिएको छ । नेपाली फिल्मप्रति समर्पित एक स्रष्टा, सर्जक वा फिल्मकर्मीलाई आयोजकको निर्णयबाट लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

हरेक ट्रफीमा कम्तीमा ३५ तोलादेखि र बढिमा ५० तोलासम्म चाँदी समावेश भएको हुनेछ । लाईफ टाईम एचिभमेन्ट अवार्डमा भन्ने एक तोला सुन र नगद १ लाख ११ हजार १ सय एघार रुपैयाँ राखिएको छ । यस अवार्डमा एउटा उत्कृष्ट फिल्म बन्नको लागि नभई नहुने विधा र नेपाली दर्शकसँग प्रत्यक्ष परिचित हुने विधाहरु मात्र समावेश गरिएको छ ।

पपुलर अवार्ड तर्फ फिल्म, एक्टर, एक्ट्रैस, सिंगर मेल र सिंगर फिमेल रहेका छन् । यस्तै बेष्ट अवार्ड तर्फ फिल्म, डिरेक्टर, एक्टर, एक्ट्रैस, डेब्यु डिरेक्टर, डेब्यु एक्टर, डेब्यु एक्ट्रैस, सपोर्टिङ क्यारेक्टर, एडिटर, साउण्ड डिजाईन, स्क्रिनप्ले, सिनेमाटोग्राफर, कम्पोजर र आदिवासी जनजाति फिल्म रहने बताइएको छ ।

निर्णायक समिति

नेफाको निर्णायक समिति कार्यविधी अनुसार तय हुने आयोजकले जनाएको छ । नेपाली फिल्ममा जीवन समर्पण गरेका व्यक्तित्व, नेपाली फिल्ममा एक दशक भन्दा बढि योगदान दिएका व्यक्तित्व, नेपाली फिल्ममा प्राविधिक रुपमा दक्ष व्यक्तित्व, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली फिल्ममा विशेष ज्ञान प्राप्त विज्ञ र विधागत रुपमा सक्षम विज्ञहरु यस अवार्डको निर्णायक बन्न सक्ने कार्यविधीमा उल्लेख छ ।

सबै विधामा विधागत मूल्याङकन आधार र कार्यविधी अनुसार निर्णायकहरुले मूल्याकङ गरिनेछ । मूल्याङकनमा न्युनतम र अधिकतम मार्किङ प्रक्रिया राखिएको छ ।

प्रक्रिया भन्दा थपघट मार्किङ निर्णायकले दिनुपर्दा उचित कारण सहितको स्पष्टिकरण दिनुपर्ने कार्यविधीमा उल्लेख छ । पपुलर अवार्डको भोटिङ प्रक्रिया प्रत्यक्ष स्क्रिनमा प्रस्तुत गरिने बताइएको छ । यस्तै निर्णायकको रिजल्ट निर्णायकहरुबाट नै अवार्डकै दिन मात्र आउट गरिने कार्यविधीमा उल्लेख छ ।

कसैले त्यसको मार्किङ प्रक्रिया जाँच गर्न चाहेमा निवेदन सहित एक हप्ता भित्र पाउँने जनाएको छ । पहिलो संस्करणको लागि निर्णायक समितिमा निर्माता तथा निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान बल, सिनेमाटोग्राफर बिष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक तथा कलाकार अनुप बराल रहने भएका छन् ।

समारोह प्रस्तुतीकरण

नेफा अवार्ड समारोह काठमाडौंमा भव्य रुपमा हुने बताइएको छ । आधा करोड लागतमा सेट निर्माण गरि कार्यविधी अनुसार नै यस समारोह संचालन हुने आयोजकले दावी गरेको छ । अर्वाड वितरण, नेपाली कला, संस्कृतिलाई मौलीकतामा प्रस्तुत गर्ने, सम्मान समारोह यस समारोहको मूख्य प्रस्तुती रहने बताइएको छ ।

नेपाली फिल्म क्षेत्रको पूर्ण मनोरञ्जन सहितको ग्ल्यामर नाईटको रुपमा यस समारोहलाई ब्याख्या गरिएको छ । चार तहमा विभाजन गरिएको समारोहको पहिलो चरण घोषणा समारोह हो भने घोषणा पछि नोमिनेशन समारोहलाई तयारी तथा आकर्षक समारोहको रुपमा प्रस्तुत गरिनेछ । त्यसपछि को ग्राण्ड समारोह नै अवार्ड समारोह हो । अवार्ड समारोहको लगतै गरिने अर्को समारोह विशेष धन्यवाद समारोह हो ।

नव प्रवेशी कलाकारदेखि बरिष्ठ कलाकारहरुसम्मलाई अवार्ड कार्यविधीको मापदण्डमा राखेर विभिन्न प्रस्तुतीहरु समावेश गरिने आयोजकले जनाएको छ । नेफा अवार्ड समारोहको लागत स्वेदशमा कम्तीमा २ करोड र विदेशमा ५ करोड रहने बताइएको छ । अवार्ड समारोहमा ८० जना भन्दा बढि स्वयमसेवक तथा सेकुरीटी र ईन्टरनेट सुविधा रहने पनि आयोजकले जनाएको छ ।

सिसि क्यामरा जडान सहितको कार्यक्रम स्थल आउत जावतमा नोमिनिज कलाकारहरु, बरिष्ठ कलाकारहरु र पर्फमरहरुलाई यातायातको सुविधा आयोजकले उपलब्ध गराइने बताइएको छ । स्वदेशी तथा विदेशी गरि झण्डै १० हजार दर्शक यो समारोहमा सहभागी गराउने आयोजकले लक्ष्य राखेको छ ।

‘मःम हन्टिङ’ भन्दा पहिले ‘माया’ बनाउदै अभिनेत्री ढुंगाना

अभिनेत्री नीता ढुंगानाले यस बर्ष लभस्टोरी फिल्म बनाउने भएकी छिन् । ‘माया’ फिल्म उनकै अर्को फिल्म ‘मःम हन्टिङ’ भन्दा पहिले बन्ने छ । फ्लोरमा निस्कँदा फिल्मको नाम भने परिवर्तन हुनसक्ने नीताले बताएकी छन् ।

समुन्द्र भट्टले निर्देशन गर्ने फिल्ममा अभिनेत्री नीता स्वयंको प्रमुख भूमिका रहनेछ । उनको अपोजिटमा गायक, संगीतकार, लेखक तथा अभिनेता कोशिश क्षेत्री फाइनल भएका छन् । फिल्मको कथा कोशिश स्वयंले तयार पारेका छन् । उनलाई पटकथा तथा संवादमा निर्देशक भट्टले सघाएका छन् । फिल्ममा संगीत पनि कोशिशको नै रहनेछ । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई फिल्मले बोल्नेछ । भदौ दोश्रो साताबाट फ्लोरमा जाने बताइएको ‘माया’ का अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन बाँकी छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।