Logo

प्रमुख समाचार

पहिरोमा पुरएिर आमा छोरीको मृत्यु, पाँच जना घाइते



बाजुरामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा बिहिवार राती पहिरो जाँदा आमा छोरीको मृत्यु भएको हो। पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् ।

बर्षा सँगै घर भन्दा माथिबाट राती पहिरो आएपछि ३० बर्षकी निरुता चदाँरा र उनकी ६ बर्षीय छोरी किश्मती चदाराको मृत्यु भएको स्थानिय पत्रकार रमित बिकले वताए ।

पहिरोबाट अन्य पाँच जना पनि घाइते भएकोमा ९० बर्षीय जंग चदाराको अबस्था गम्भिर रहेको स्थानियले वताएका छन् । उनको गौमुल गाँउपालिकाको शहरी स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपानेका अनुसार घटनास्थलमा राती नै प्रहरी खटाइए पनि अहिले सम्पर्क हुन सकेको छैन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार ०३:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।