Logo

समाचार

अज्ञात समूहद्धारा कारमा आगजनी



कैलालीमा अज्ञात समूहले कारमा आगजनी गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडी पार्किङ गरि राखेको कारमा आगजनी भएको हो। खुल्ला ठाँउमा पार्किङमा राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको कैलाली प्रहरीले बताएको छ।

कारको पछाडीको पुरै भाग जलेको छ। अगाडीको भागमा केही क्षती भएको प्रहरीले जनाएको छ। आगो कस्ले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए। ब्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी भएको आशंका गरिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार ०६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।