Logo

समाचार

कर्णाली नदीमा एक जना वेपत्ता



कर्णाली नदीमा एक जना वेपत्ता भएका छन् । बाजुरा जिल्लाको स्वामिकार्तिक–खापर गाँउपालिका वडा नम्बर ३ का २३ बर्षीय उपेन्द्रबहादुर शाही कर्णालीमा बेपत्ता भएका हुन् ।

शुक्रबार दिउसो नदीमा नुहाउन गएका शाही वेपत्ता भएका बाजुरा प्रहरीले बताएको छ । वडा नम्बर ३ जुकोट स्थायी घर भएका शाही जगन्नाथ गाँउपालिका वडा नम्बर १ तिलिचौरमा होटल सञ्चालन गर्दै आएका थियो ।

उनको खोजी कार्य भइरहेको बाजुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्यव सिँह भाटले बताए । नदीमा पानीको बहाव बढि भएकाले खोजीकार्यमा समस्या भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार ०३:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।