कोरोना कहरले धेरै क्षेत्रलाई असर पारिरहेको बेलामा कोरोनाको त्रासलाई मध्ये नजर गर्दै विभिन्न गित संगीतहरु बजारमा आईरहेका छन् । उक्त जोखिम मोल्दै दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने उदेश्यले विनय कार्की र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको लोकपप गीत जुनी बिताउँला सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजनर एरेन्जर मिक्सिङर मास्टरिङ गाएक विनय कार्की नै गरेका छन् । रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकी छिन् ।
आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादनर कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पौड्याल सुवेदीले गरेकी छिन् ।
हेर्नुहोस् पुरा भिडियो :




















प्रतिक्रिया