Logo

विविध

विनय र बिनिताको स्वरमा जुनी बिताउँला सार्वजनिक (भिडियो सहित) 



कोरोना कहरले धेरै क्षेत्रलाई असर पारिरहेको बेलामा कोरोनाको त्रासलाई मध्ये नजर गर्दै विभिन्न गित संगीतहरु बजारमा आईरहेका छन् । उक्त जोखिम मोल्दै दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने उदेश्यले विनय कार्की  र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको लोकपप गीत जुनी बिताउँला सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजनर एरेन्जर मिक्सिङर मास्टरिङ गाएक विनय कार्की नै गरेका छन् । रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकी  छिन् ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादनर कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पौड्याल सुवेदीले गरेकी छिन् ।

हेर्नुहोस् पुरा भिडियो :

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।