Logo

राजनीति

प्रहरी ज्यादती बिरुद्द प्रशासनमा ज्ञापनपत्र



राष्ट्रिय नागरिक आन्दोलनले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सरकार र प्रहरीले नागरिकमाथि गरेको ज्यादतीका बिरुद्दमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापन पत्र बुझाएको छ । 

शुक्रबार नागरिक आन्दोलन समितिका तर्फबाट पृथ्वी जयन्ती मनाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १०८ फिट लामो माला चुडाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दोषी उपर कारवाहीको माग गरेको हो ।  

ज्ञापनपत्रमा, प्रहरीलाई इट्टा हानेर उत्तेजित बनाउने अपरिचित व्यक्तिहरुको पहिचान गरी कारवाहीको माग समेत गरिएको छ । 

दमनका क्रममा सामाजिक एवंम् धार्मिक अधिकारकर्मी सिर्जना वाग्ले लगायतका अधिकारकर्मी माथि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । 

139236153_3671211552914600_3214839672591778165_n.jpg 

139456059_3671211676247921_2728045376116746374_n.jpg 139310488_3671211789581243_4399808909980142231_n.jpg

139443194_3671211956247893_1788174984984136641_n.jpg

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।