Logo

विविध

२०७६ साल श्रावण २४ गते शुक्रबारको राशिफल



आज पञ्चाङ २०७६ साल श्रावण २४ गते शुक्रबार, तदनुसार ०९ अगस्त २०१९, नेपाल संवत ११३९,श्रावणमासको शुक्ल पक्षको नवमी तिथी, सुर्योदय विहान ५ः३१ मा भयो भने सुर्यअस्त साँझ ६ः४६ मा हुनेछ ।

मेष राशि

अस्ठम भावको चन्द्रमाले गरेको काममा ढिला सुस्ती रहने देखिन्छ । सोच अनुसारको काम नभएर खिन्नता उत्पन्न हुने देखिन्छ । दिनभरी छटपट्टी हुने योग देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ निलो ।

बृष राशि

संप्तम भावको चन्द्रमाले व्यवसायबाट राम्रो सफलता मिल्न सक्नेछ । विपरित लिंगीबाट माया प्राप्तहुने योग रहेको छ । मन उत्साही रहेको देखिन्छ । आजको शुभ अंक ८, शुभ रङ सेतो ।

मिथुन राशि

छैंटम भावको चन्द्रमाकाले मनमा दुविधा बढ्ने संभावना रहेको छ । खानपानमा ध्यान पु¥याउनु होला । ऋण र रोगको भय देखिन्छ । आजको शुभ अंक ७, शुभ रङ हरियो ।

कर्कट राशि

पञ्चम भावको चन्द्रमाले बौद्धिक क्षमतामा अभिवृद्धि हुने देखिन्छ । सानो प्रयासले नै उन्नती हुने देखिन्छ । नयाँ सन्तानको आगमन हुने योग रहेको छ । आजको शुभ अंक ४ , शुभ रङ सुनौलो ।

सिंह राशि

चतुर्थ भावको चन्द्रमाले जग्गा जमिन प्राप्त हुने योग रहेको छ । आनन्दको महशुस हुने समय रहेको छ । मातृ प्रेममा समय बित्ने देखिन्छ । आजको शुभ अंक ९ , शुभ रङ हरियो ।

कन्या राशि

तृतीय भावको चन्द्रमाले साहसमा वृद्धि हुने योग रहेको छ । भाइ बहिनीको उचित सहयोग प्राप्त हुने योग देखिन्छ । प्रयत्न गरे फाइदा मिल्न सक्ने छ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।

तुला राशि

द्वितिय भावको चन्दमाले आफन्तबाट सहयाग प्राप्त हुने देखिन्छ । बोलिको प्रभाव बढ्ने योग रहेको छ । शारीरिक पीडाको महशुस हुने देखिन्छ । आजको शुभ अंक ७ , शुभ रङ रातो ।

बृश्चिक राशि

प्रथम भावको चन्द्रमाले मन चन्चल हुने योग रहेको देखिन्छ । साजेदारी कामबाट फाइदा मिल्न सक्नेछ । समयको सदुपयोग हुने योग रहेको छ । आजको शुभ अ्रक ५ ,शुभ रङ बैजनी ।

धनु राशि

द्वादश भावको चन्द्रमाले आर्थिक क्षेत्र कमजोर रहेको छ । अनयासै भ्रमण हुने योग रहेको छ । वैदेशिक क्षेत्र सफल रहेको देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ गुलावीे ।

मकर राशि

एकादश भावको चन्द्रमाले आकस्मिक धन लाभ प्राप्त हुने देखिन्छ । सानो प्रयासले नै धनको आगमन हुने योग रहेको छ । सन्तान पक्षबाट लाभ मिल्ने छ । आजको शुभ अंक २ , शुभ रङ पहेलो ।

कुम्भ राशि

दशंम भावको चन्दमाले व्यापारमा धनलाभ प्राप्त हुने देखिन्छ । नयाँ व्यक्तिसँगको भेटघाटमा समय बित्ने देखिन्छ । पिताको आर्शिवाद प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ५, शुभ रङ निलो ।

मिन राशि

नवंम भावको चन्दमाले समयको राम्रो सदूपयोग गर्नुहोला । समय बलवान रहेको देखिन्छ । धार्मिक भावना पैदा हुने योग रहेको छ । आजको शुभ अंक २, शुभ रङ प्याजी ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार १५:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।