Logo

अन्तर्राष्ट्रिय

बाहुबलीका अभिनेता पक्राउ



बाहुबलीमा क्यारेक्टर आर्टिस्टको रुपमा रहेका मधु प्रकाशलाई गिरफ्तार गरिएको छ । मधु प्रकाशको श्रीमतीले मंगलबार आत्म ह त्या गरेकी थिइन् । भारती एक प्राइभेट कम्पनीमा काम गर्थिन्। भारतीको बुबाले आफ्नो ज्वाई मधु प्रकाशलाई रेदुरग्राम पुलिस स्टेशनमा केस फाइल गरेका छन् । भारतीको आमा तिरुमालाले बताएअनुसार मधुले उनकी छोरीलाई दाइजो नल्याएको निहुमा सधैँ कुटपिट गर्थे ।

जसको कारण भारतीले आत्म ह त्या गरिन् । पुलिसले भारतीको बुवाको अगुवाईमा मधुलाई गिरफ्तार गरेर न्यायिक हिरासतमा पठाएको छ । मधु घरमा ढिलो आएको कारण भारती समस्यामा रहन्थिन्। रातिसम्म मधुले शुटिंग गरेको भारतीलाई मनपर्दैन थियो। यसै कारण यी दुईको झगडा भईरहन्थ्यो। भारती हैदराबादमा आफ्नो सासुससुराको घरमा बस्थिन्। मधुले बताए ,’मंगलबार साँझ जिममा थिए ।

यसै क्रममा भारतीको फोन आयो , हामी दुईबीच धेरै बहस भयो । भारतीले मलाई छिटो घर आउन भनिन, आएन भने आफ्नै जिन्दगी खतम गर्ने धम्की दिईन् । जब म ७:३० बजे घरमा पुगे । उनी कोठामा पंखामा झुन्डिरहेकी थिइन् । मधुले यो घटनाको बारेमा पुलिसलाई भने र पुलिसले पोस्टमार्टमको लागि अस्पताल पुर्याए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।