Logo

प्रमुख समाचार

लगातारको वर्षाले साँफे–मार्तडी सडक खण्ड अवरुद्ध, आठ परिवारले घर छोडे



निरन्तर वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । साँफे–मार्तडीसडक खण्ड अन्तरगतको बुढीगंगा नगरपालिका १ अमकोट नजिकै पहिरो जादाँ सडकमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने जाने यातायातका साधानहरु बीच बाटोमै अलपत्र परेका छन् । पहिरोकै कारण यातायातका साधानहरु अलपत्र परेपछि यातायातमा सवार यात्रुहरु समेतलाई सममस्या भएको हो । निरन्तरको वर्षासंगै पहिरो खस्न थालेपछि सडक खुलाउन समस्या भइरहेको जनाइएको छ ।

आठ परिवारले घर छोडे

साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् । तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरो बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् ।

सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिए ।

निरन्तर वर्षाका कारण सडक पहिरोले भाँसिएसँगै घर पनि जोखिममा परेको छ । घरसमेत पहिरोमा बग्ने भएपछि घर छोडेर अन्यन्त्र सर्नु परेको टीकाराम पाध्यायको परिवारको गुनासो छ ।

सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।