Logo

प्रमुख समाचार

प्रहरीले वडा सदस्यका श्रीमानको जनै र टुप्पी काटिदिएपछि…



कैलालीको चुरे गाउँपालिकामा मादकपदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरेर आफ्नो जनै र टुप्पी काटिदिएको आरोप लगाएका छन् । चुरे गाउँपालिका वडा नम्वर ६ का स्थानीय भानसिंह धामीले प्रहरीले आफ्नो जनै र टुप्पी काटेर धार्मिक स्वतन्त्रता हनन् गरेको आरोप लगाएका हुन् ।

इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० गते आफुलाई पक्राउ गरी जनै र टुप्पी काटेको उनले बताए । ईलाका प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक माधव बिकको निर्देशनमा प्रहरी जवानहरुले आफ्नो टुप्पी र जनै काटेको उनको दावी छ।

जीवनमा कहिल्यै मदिरा सेवन नगरेपनि प्रहरीले मदिरा खाएको आरोप लगाएर झुठो केसमा समातेको आरोप लगाए। धामीले सोमबार नै राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी समेत दर्ता गराएका छन्। मंगलवार जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत उजुरी दिने उनले बताए।

यता ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विकले भने धामीले गलत आरोप लगाएको बताए। ‘थुनामा राख्दा जनै निकाल्न हामीले अनुरोध गरेका थियौँ,’ उनले भने, ‘धामीले अटेरी गरेपछि जनै निकालेको र दोश्रो दिन छोड्दा जनै दिएका थियौँ।’

तेश्रो विवाह गरेका धामीले अहिलेकी श्रीमती चुरे गाउँपालिका वडा नम्वर ६ कि सदस्य हरमती ठगुन्नालाई मादक पदार्थ सेवन गरेर कुटपिट गरेको प्रहरी निरिक्षक धामीले बताए । आफुमाथि कुटपिट गरेको भन्दै धामीकी श्रीमती ठगुन्नाले ठाडो निवेदन दिएपछि त्यसैको आधारमा उनलाई पक्राउ गरिएको विकले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०७:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।