Logo

समाचार

सेती नदीमा बगेर एक बालिका बेपत्ता



सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दीपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा आइतबार बिहान नदीमा बगेर बेपत्ता भएकी हुन् ।

आल्के पर्व मनाउन दीपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् । उनको नेपाल प्रहरी, दीपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको उपरीक्षक धामीले बताए ।

पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दीपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । सेती नदीमा गएको वैशाखयता बगेर आठ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार ०९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।