Logo

प्रमुख समाचार

महाकालीमा पानीको बहाव बढ्यो, वनवसा पुलमा चारपांग्रे सवारीमा रोक



महाकाली नदीमा पानीको बहाव बढेपछि सोमवार विहानै देखि वनवसा पुलमा चार पांग्रे सवारी सञ्चालनमा रोक लगाईएको छ ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउसो १० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख २७ हजार ६ सय ७२ क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि पुल मा चार पांग्रे सवारी साधान सञ्चालनमा रोक लगाईने गरेको छ । भारत तर्फ जाने नहर सफा गर्नका लागि पानी नदीमा छोडदा पानीको बहाव बढेको बताईएको छ ।

पुलमा पैदल यात्रु साईकल र मोटरसाईकल चालकका लागि भने सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ०५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।