Logo

अन्तर्राष्ट्रिय

अक्षय कुमारको ‘मिसन मंगल’ले तोड्यो शाहिद कपुरको ‘कबिर सिंह’ को रेकर्ड



अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो ।

यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।

बक्सअफिस इन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७.२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गर्यो ।

अक्षयको फिल्मले मुम्बई, पुणे, दिल्ली, बेंगलुरु र कोलकातामा राम्रो व्यापार गर्यो । अन्य शहरमा कबिर सिंहको तुलनामा कमजोर नै रह्यो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार ०४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।